स्ववियुको विज्ञप्ती

स्ववियुको विज्ञप्ती

थापाथली क्याम्पस को चौतर्फी विकास, आर्थिक पारदर्शीकता, हरेक बिद्यार्थी हरुको समस्याहरुको न्यायीक समाधानको निम्ति स्व.बि.यु. २०७३ प्रतिबद्ध रहेको कुरा सबै माझ स्पस्ट पार्न चाहन्छौं l झुठा, प्रमाणहीन र कपोकल्पित आरोप र अाक्षेप हरुको घोर खण्डन गर्दछौ l बिद्यार्थी कल्याण को निम्ति स्व.बि.यु. मा प्राप्त हुने आय व्यय विवरण सहितको आर्थिक प्रतिबेदन र स्व.बि.यु को पछिल्लो १ वर्षको कार्य प्रगति, भाबी कार्ययोजना सहित को बार्षिक प्रतिबेदन स्व.बि.यु. द्वारा आयोजित स्वागत तथा बिदाइ कार्यक्रम मा प्रस्तुत गर्ने स्व.बि.यु. को पुर्बबत निर्णय भइसकेको र स्व.बि.यु ले आफ्नो तालिका बमोजिम गर्ने कुरा सबैमा जानकारी गराउन चाहन्छौं l भ्रामक प्रचारबाजीहरुबाट दिग्भ्रमित नहुनु हुन र क्याम्पसको शैक्षिक बातावरणलाई खलल पुर्याउने सबै खाले गतिबिधि हरुलाई निरुत्साहित गरिदिनु हुन सबैमा आग्रह गर्दछौ l 

स्व.बि.यु को थापाथली क्याम्पसलाइ राष्ट्रकै नमुना प्राज्ञिककेन्द्र निर्माण गर्न महा अभियानमा निरन्तर रचनात्मक तथा सिर्जनात्मक साथ, सहयोग, र सुझाबको निम्ति सम्पूर्ण सरोकारवाला पक्षहरुसंग जोडदार अपिल गर्दछौं l

Contact Us


+977-1-14101304

Thapathali, Kathmandu

info@fsuthapathalicampus.com